आज रवि र युवराजको बयान हुँदै, थुनछेक बहस हुने सम्भावना कम

भरतपुर, पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवरा कँडेलको आज बयान हुने भएको छ । गत साउन ३० गते पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमध्ये आईतबार कार्कीको मात्रै बयान भएको हो । आज युवराज कँडेल र रवि लामिछानेको बयान भएपछि मात्रै थुनछेक बहस हुने छ ।

अदालतमा बयानपछि तीनैजनाका वकिल र सरकारी वकिलका तर्फबाट बहस भएपछि मात्रै अभियुक्तहरु धरौटीमा छुट्ने या पुर्पक्षका लागि थुनामा बस्ने भन्ने फैसला अदालतले गर्नेछ ।

याे पनि पढ्नुस  रवि र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

सामान्यतस् अभियोगमा पूर्ण संलग्नताबारे शंका भएको अवस्था, अदालतले चाहेको बखत उपस्थित हुनसक्ने, विदेश भाग्ने सम्भावना नभएको र प्रमाण नष्ट गर्न सक्ने अवस्था नभएको लगायतका पक्षमा विचार पुर्याएर धरौटीमा छोड्ने या नछोड्ने निर्णय न्यायाधिसले गर्ने गर्दछन् ।

थुनछेक बहस आज शुरु हुनसक्ने सम्भावना भने कमै देखिन्छ । अदालती कार्यवाहि सााान्यतः बिहान ११ बजेदेखि शुरु हुने र त्यसपछि दुई जनाको बयानमा केही समय लाग्ने भएकोले आज नै थुनछेक बहसको शुरु नहुन पनि सक्छ । यदि बहस शुरु भएको खण्डमा पनि बहस गर्ने वकिलहरुको संख्या धेरै भएका कारण आज बहस टुंगिने देखिंदैन ।

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

रवि, अस्मिता र युवराजका तर्फबाट आधा दर्जन बढी वकिलहरुले बहस गर्ने देखिन्छ । आज थुनछेक बहस नभएको अवस्थामा तीनैजना हिरासतमा नै फर्किनेछन् । अदालतले धरौटिमा छोड्ने आदेश नदिंदासम्म उनीहरु रिहा हुने देखिन्न ।

यसैबीच चितवन प्रहरिले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ । रवि फामिछाने समर्थकहरुले हुलदंगा र उचछृंखल गतिविधि गरेको भन्दै प्रशासनले अहिले बिहान ६ बजेदेखि कतिपय क्षेत्रमा निषेधाज्ञा जारि गर्दै ५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

कमेन्ट गर्नुहोस्