विप्लव बन्दकाे प्रभाव न्यून, प्रहरीद्वारा बिहानैदेखि माईकिङ

चितवन । चितवनमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको हो ।

आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ । भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ ।

तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उनले नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ती, सुरक्षा कायम राख्ने उदेश्यले यस्तो आदेश गरिएको बताए । सौराह अनलाइनबाट साभार

कमेन्ट गर्नुहोस्