विप्लव नेकपाको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष रुचाल पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाल पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार रुचाललाई आइतबार व्यास नगरपालिका–११ बाट पक्राउ गरिएको हो । पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  अनेरास्ववियू कञ्चनपुरले पायो पूर्णता, को–को परे समितिमा? (सूचीसहित)

उनी प्रहरीको निगरानीमा परेसँगै पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक लामिछानेले जानकारी दिए । तनहुँबाट प्रहरीले हालसम्म १६ जना विप्लवका कार्यकर्ता पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । तस्विरः रुचालको फेसबुकबाट

कमेन्ट गर्नुहोस्