स्कर्ट लगाएका ५ सय बढी युवतीको गोप्य भिडियो रेकर्ड गर्ने पक्राउ

मेड्रिड । स्पेनको मेड्रिडमा एकजना युवक अनौठो अपराधमा पक्राऊ परेका छन् ।

ती युवकलाई बिभिन्न महिलाको स्कर्टको भिडियो खिचेर अश्लील साइटहरुमा पोष्ट गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीका अनुसार ती युवकले ५ सय ५५ जना महिलाहरुको स्कर्टको तस्वीर गोप्य तरिकाले खिचेका थिए । यसमा अधिकांश बालिका रहेका छन् । यसरी खिचिएको २ सय ८३ वटा भिडियो इन्टरनेटका पोर्न साइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।

स्कर्ट लगाएको बेला महिलाको भिडियो खिच्ने कामलाई अपस्कर्टिङ भनिन्छ । स्कटल्याण्ड, बेलायत, वेल्स लगायतका देशमा यसलाई गैर कानुनी मानिन्छ ।

केही समय अगाडि मात्रै दक्षिण कोरियामा महिलाहरुले अपस्कर्टिङविरुद्द सडकमा प्रदर्शन गरेका थिए । स्पेनमा यो विषयमा कुनै कानुन नभएपछि महिलाको अनुमति बिना भिडियो खिचेकोले गोपनियता भंग गरेको आरोपमा कानुनी कार्वाही अघि बढाउने प्रहरीले जनाएको छ । प्रहरीले पोर्न साइटमा अपलोड गर्ने एकाउण्ट समेत पत्ता लगाएको छ ।
शुरुमा प्रहरीले पोर्न साइटमा अपस्कर्टिङ भिडियोहरु अपलोड हुन थालेपछि अनुसन्धान शुरु गरेको थियो । त्यसपछि उनीहरुले खोज्दै जाँदा ती व्यक्ति फेला परेका हुन ।

उक्त व्यक्तिले व्यस्त ठाउँमा यस्ता भिडियो रेकर्ड गर्ने गर्थे । सुपरमार्केट, रेल, बसपार्क जस्ता भीड हुने ठाउँमा उनले निकै नजिकबाट यस्ता भिडियो रेकर्ड गरेको प्रहरीले जनाएको छ ।
वाशिङ्गटन पोष्टबाट

कमेन्ट गर्नुहोस्