Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धोनी र गांगुलीलाई पछि पार्दै बिराट बने सबैभन्दा सफल कप्तान

नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहली भारतीय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानका रुपमा देखिएका छन् ।

वेष्ट इण्डिजसँगको पहिलो टेष्ट खेलमा टीम इण्डियाले ३१८ रनको अग्रताले जीत हात पारेपछि कोहलीले रेकर्ड राख्न सफल भएका हुन ।

कप्तानका रुपम बिराट कोहलीले आफ्नो ४७ औं टेष्ट खेलमा २७ औं जीत हासिल गरेर यो रेकर्ड तोडेका हुन । धोनीले कप्तानका रुपमा ६० टेष्ट खेलेर २७ औं जीत हात पारेका थिए । सौरभ गांगुलीले भने ४९ टेष्ट खेलमा कप्तानी गर्दै २१ मा विजय हासिल गरेका थिए ।

देशमा मात्र होइन, विदेशका मैदानमा समेत सबैभन्दा बढी टेष्ट जितने भारतीय कप्तानका रुपमा कोहलीले रेकर्ड राखेका छन् । भारतले बिराटको कप्तानीमा विदेशका २६ खेलमा १२ मा, सौरभ गांगुलीले विदेशका २८ टेष्टमा ११ मा र धोनीको कप्तानीमा ३० खेलमा ६ वटामा मात्रै जीत हासिल गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: