पुडासैनी आत्महत्या प्रकरणः युवराजपछि रविको बयान हुने

काठमाडौं । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलमाथि आज जिल्ला अदालत चितवनमा बयान सुरु भएको छ । कँडेलसहित पक्राउ परेका तीन जनामाथि सरकारी वकिल कार्यालयले आत्महत्या दुरुत्साहनमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

अस्मिता कार्कीको आइतबार बयान सकिएको र कँडेलको आज सुरु भएको हो । कँडेलको सकिएलगत्तै रवि लामिछानेको बयान सुरु हुनेछ । लामिछाने र कँडेलको बयान सकिएपछि थुनछेक बहस हुन्छ । थुनछेक बहसपछि मात्र थुनामा राख्ने कि छाड्ने भन्ने अदालतले आदेश दिन्छ ।

कमेन्ट गर्नुहोस्