Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

NMA जेडीसी को निशुल्क वेबिनार : रुकुम र बंगलादेश का चिकित्सक ले पनि जनाए सहभागिता

नेपाल चिकित्सक संघ अन्तर्गत को जुनियर डाक्टरस कमिटी ले  नेपाल मा सम्भवत पहिलो पटक इन्टरनेट प्रविधि प्रयोग गरि मेडिकल सेमिनार संचालन गरेको छ ।  उक्त वेबिनार को लिंक आउन् साथ लगभग १३१ जना ले क्लिक गरेका थिए भने काठमाडौँ , बिराटनगर , धादिकोट , पाल्पा , रुकुम लगायत बंगलादेश का चिकित्सक समेत ले सह्भागित जनाएका थिए । एक महिना को अथक प्रयाश पछी संचालन मा ल्याएको दम रोग सम्बन्धितको उक्त सेमिनारमा बिर अस्पताल का सिनियर चिकित्सक डाक्टर  लोचन कार्कीले स्पीकरको भूमिका निर्वाह गरेका थिए । बिकट स्थान देखि बंगलादेश सम्म का नेपाली चिकित्सक का उत्साहजनक प्रतिक्रिया आएको ले यस्ता वेबिनार हरेक महिना संचलान मा आउने जानकारी जेडिसी को एकेडेमिक बिभाग ले  गराएको छ । अब आउने बेविनार मा अमेरिका का स्पिकर को पनि सहभागिता रहने जानकारी डा बिबेक सिंह राथोड ले दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: