रवि लामिछानेले प्रहरीलाई दिए बयान, के भने अस्मिताको बारेमा ?

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका रवि लामिछानेले अस्मिता कार्कीलाई नचिनेको बयान दिएका छन् ।

आफूले दुख दिएको कारण पुडासैनीले आत्महत्या गरेको कुरा उनले इन्कार गरेका छन् ।

चितवन सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेख गरिएको बयानमा लामिछाने र अस्मिता कार्कीको बयान समेत बाझिएको छ ।

रविले के भने त ?
बयानमा भनिएको छ,“‘निजले मर्नुअघि बनाएका दुईवटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन सो कुरा निजले के कति कारणले भने मलाई थाहा छैन तर निजले आफ्नो श्रीमति हुँदा हुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अस्मितालाई अनेक दुस्ख दिने, बाटो छेक्ने, मरिदिन्छु भनि डर देखाउने कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनि सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी मसँग चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।

याे पनि पढ्नुस  शालिकराम पुडासैनी आत्महत्याः दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा

‘मैले निजको विरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनुसक्छ, मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको व्यक्तिले उनका विरुद्ध कार्यक्रम बनाउने भ्रामक कुराले निजको मन दुखेको हुन सक्छ र म माथि आरोप लगाएको हुनसक्छ। तर, मैले निजलाई आत्महत्या गर्ने सम्मको दुख दिएको छैन, र दिनुपर्ने कुनै कारण पनि छैन मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देख भेट भएको थिएन, प्रहरीले पक्राउ गरे पश्चात मात्र देखे चिनेको हुँ ।’

याे पनि पढ्नुस  शालिकराम आफ्नै कारण मरे, रवि आफ्नै कर्मले फसेः बिमल पोखरेल

कमेन्ट गर्नुहोस्