टेस्ट क्रिकेटः यी हुन् वेस्ट इन्डिजविरुद्ध भारतले बनाए ५ कीर्तिमान

काठमाडौंः  भारतले वेस्ट इन्डिजलाई पहिलो टेस्टमा ३१८ रनको विशाल अन्तरले हराइदिएको छ । यसका साथै उसले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

यस खेलपछि भारतीय टीमले पाँच नयाँ किर्तिमान बनाएको समाचार भारतीय मिडियाले प्रकाशित गरेको छ । तर ती सबै रेकर्डहरू भारतको हकमा मात्र लागू भएका हुन् । हेरौं ती रेकर्ड:

कोहली अव्वल भारतीय कप्तान:

विराट कोहली विदेशी भूमिमा सबैभन्दा बढी टेस्ट म्याच जित्ने भारतीय कप्तान भन्न पुगेका छन् । यस मामिलामा उनले आफ्ना पूर्ववर्ती सौरव गांगुली र महेन्द्र धोनीलाई समेत पाछारेका छन् ।

कोहलीले हालसम्म भारतबाहिर २५ टेस्ट म्याच खेलेका छन् जसमा उनले १२ खेलमा जीत हात पारेका छन् । उता गांगुलीले भारतबाहिर जम्मा २८ टेस्ट खेलेका थिए जसमध्ये उनलाई ११ खेलमा विजय हासिल भएको थियो ।

त्यस्तै महेन्द्र धोनीले देशबाहिर ३० खेलमा भारतको नेतृत्व सम्हालेका थिए जसमा उनलाई ६ मा जीत हासिल भएको थियो ।

देशबाहिर सर्वाधिक रन अन्तरले जीत

भारतका लागि यो जीत देशबाहिर उसले हासिल गरेको सर्वाधिक रन अन्तरको जीत हो । यस अघि भारतले २०१७ मा श्रीलंकालाई ३०४ रनले पराजित गरेको थियो ।

सयभन्दा बढी टेस्ट जित्ने कप्तान

यस खेलसँगै विराट कोली एक सयभन्दा बढी टेस्ट खेल जित्ने कप्तान भएका छन् ।

आजिंक्य रहाणेको बेग्लै रेकर्ड

टेस्ट खेलमा पाँचौ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक शतक लगाउने भारतीय खेलाडीमा आजिंक्य रहाणे चौथा खेलाडी बनेका छन् ।

उनले नौ शतक लगाइसकेका छन् । यस सूचीमा २० शताक्का साथ मोहम्मद अजहरुद्दीन शीर्षमा छन् भने दोस्रोमा भिभिएस् लक्ष्मण (११ शतक) छन् ।

टेस्ट क्रिकेटमा सर्वाधिक पटक चौथो विकेटका लागि शतकीय साझेदारी

टेस्ट क्रिकेटमा भारतको तर्फबाट चौथो विकेटको लागि शतकीय साझेदारी गर्नेमा आजिंक्य रहाणे र विराट कोहली पहिलो नम्बरमा परेका छन् । उनीहरूले आठ पकट यस्तो गरिसकेका छन् । यस सूचिको दोस्रो नम्बरमा सात शतकको साथमा सचिन र सौरव गांगुली रहेका छन् ।

कमेन्ट गर्नुहोस्