नेकपाको सचिवालय बैठक धुम्बाराहीमा जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवाय बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काम अघि बढाउन सहमति दिएपछि अर्का अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष भएको १५ महिनापछि औपचारिक रुपमा सचिवालय बैठक बोलाएका हुन् ।

याे पनि पढ्नुस  नेकपा सचिवालयले गर्यो दुइवटा महत्वपूर्ण निर्णय

प्रचण्डलले ओलीको अनुपस्थितिमा पनि पार्टी एकताका बाँकी काम अघि बढाउन बैठक बोलाएका हुन् ।

यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्र सचिवालय बैठक बोलाइने गरेको थियो । दुवै पार्टी एकता हुने बेलामा आलोपालो अध्यक्षता गर्ने सहमति भएको थियो ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो।

याे पनि पढ्नुस  अझै हुन सकेन ओली र नेपालबीच बोलचाल, सचिवालय बैठक प्रभावित

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ।

आजको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

नेकपाका यसअघिका सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका थिए।

याे पनि पढ्नुस  नेकपा सुदूरपश्चिम प्रदेश कमिटी बैठक शुरु

कमेन्ट गर्नुहोस्