सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौंः  लगातार उकालो लागेको सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन चाँदी व्यावसायी महासंघ अनुसार आज सुन तोलामा १ हजारले बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

याे पनि पढ्नुस  सुन ३० महिनामा २४ हजार महँगियो

आइतबार सुन तोलामा ७२ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्