नेकपाको केन्द्रीय सदस्यमा ४ जना मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा ४ जना मनोनित गरिएको छ । सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले ४ जनालाई पार्टी सदस्यमा मनोनित गरिएको हो ।

मनोनित हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राई रहेका छन्। यससँगै नेकपाको केन्द्रीय सदस्य संख्या ४ सय ४५ पुगेको छ।

याे पनि पढ्नुस  नेकपाको प्रदेश र जिल्ला कमिटी कति सदस्यीय बन्यो ? हेर्नुस्

पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान छ।

धमला र पराजुली बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिए। नयाँ शक्तिले फोरमसँग एकता गरेपछि नेकपामा प्रवेश गरेका हुन्। त्यस्तै पद्म र किरण विप्लव छोडेर नेकपामा आएका हुन्।

याे पनि पढ्नुस  ज्वाला विप्लव नेकपाबाट निष्कासित

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी प्रावधान अनुसार चारजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिए।

बैठकले पार्टीमा आवद्ध नेता कार्यकर्ताले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने निर्णय गरेको छ।

आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरिएको पार्टी प्रवक्ता श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्