चितवनमा आज पनि तनाव, रवि समर्थक र प्रहरीबीच झडप

चितवनः  जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकले प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।

समर्थकले आज नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्‍यालीसमेत निकाले छन् । त्यस्तै, भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ ।

याे पनि पढ्नुस  शालिकराम आफ्नै कारण मरे, रवि आफ्नै कर्मले फसेः बिमल पोखरेल

गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ। अहिले पनि वातावरण शान्त हुन सकेको छैन । जिल्ला प्रहरी र अदालत कार्यालय नजिकको क्षेत्रको माहोल शान्त भए पनि चौबिसकोटीमा भेला भएका रवि समर्थक र प्रहरीबीच झडप भएको हो ।

याे पनि पढ्नुस  चितवनकी कोरोना संक्रमितको तेस्रो रिपोर्ट आयो

शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्रि सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

कमेन्ट गर्नुहोस्