Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फरक मत पार्टीभित्र मात्रै छलफल गर्न निर्देशन

फरक मत पार्टीभित्र मात्रै छलफल गर्न निर्देशन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्र जनवादी केन्द्रीयतालाई पालना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको सचिवालय बैठकले पार्टीभित्र विधि र पद्दतीमार्फत फरक मत राख्न सकिने निर्णय गरेको हो ।

संगठनमा नेता तथा कार्यकर्ताहरुका माझ कतिपय अनसन्तुष्टि र फरक मत रहनु स्वभाविकै हुने तर यसप्रकारका असन्तुष्टिलाई सार्वजनिक बहसको विषय भने बनाउन नपाइने नेकपाले जनाएको छ ।

फरक मत या विचार भए सम्बन्धित कमिटि र उपल्लो कमिटिमा त्यसबारे अन्तर्पार्टी छलफल गर्ने निर्देशन दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

केही दिन अघि नेकपा अध्यक्ष प्रचण्डले पार्टीभित्र अनुशासनको स्तर गिर्दो अवस्थामा रहेको र त्यसलाई सुधार गर्न आवश्यक रहेको अभिव्यक्ति दिएका थिए ।

आज प्रचण्डकै पहिलो अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टी भित्र अनुशासन कायम नभएको भन्दै त्यसलाई सुधार गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले पार्टीको केन्द्रदेखि तलसम्मका नेताहरुले नेताहरुका बारेमा केही कुरा व्यक्तिगतरुपमा उठानु परेमा त्यसलाई पहिला पार्टीभित्र राख्नुपर्ने निर्णय गरेको बताए ।

उनका अनुसार यदि पार्टीभित्रका नेता कार्यकर्तासँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा नराखी सार्वजनिक रुपमा राखे स्पष्टिकरणको प्रक्रिया अगाडि बढाउने र आवश्यक कारवाहि गरिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: