हिंस्रक बन्दै रवि समर्थकको आन्दोलन, २ वटा ट्रकमा तोडफोड

चितवनः प्रशासनले निषेधाज्ञा जारी गरे पनि रवि लामिछाने समर्थकहरु हिंस्रक आन्दोलनमा उत्रिएका छन्। आज प्रर्दशनकारीले दुई ट्रकमा तोडफोड गरेका छन् ।

काठमाडौंबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, र्याली र प्रदर्शन भइरहेको छ ।

आइतबार अपरान्हपछि समेत प्रदर्शनकारिले टायर बालेर प्रदर्शन गरेपछि झडप हुँदा डिएसपिसहित केही प्रहरी घाईते बनेका थिए ।

याे पनि पढ्नुस  रवि र अंगुर जिसीलाई कारवाहीको माग गर्दै अदालतमा निवेदन

तस्वीरः नारायणी अनलाईन

कमेन्ट गर्नुहोस्