समायोजनमा जाने प्रहरीको बढुवा नहुने

काठमाडौं । समायोजनमा जाने प्रहरीको बढुवा नहुने भएको छ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक २०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका छन् ।

उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने बताए ।

याे पनि पढ्नुस  जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा

गृहसचिव राईले समायोजनमा जाने प्रहरीका लागि २ ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

याे पनि पढ्नुस  देवघाटमा प्रहरी चढेको गाडी दुर्घटनाः एकको मृत्यु, ४ गम्भीर

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो ।

कमेन्ट गर्नुहोस्