यस्तो पनि झगडा: ज्वाइँले सासुको कानै चपाइदिएपछि…..

नयाँ दिल्ली, भारतको उत्तर प्रदेश राज्यको पिलिभित जिल्लामा एउटा ज्वाइँले आफ्नै सासुको नाक चपाइदिएका छन् । नेपालको सीमासँग जोडिएको जिल्ला पिलिभितको कैंट थाना क्षेत्रमा छोरीलाई ज्वाईंओ घर पुऱ्याउन आएका सासु-ससुरासँग ज्वाईंको झगडा भएको थियो ।

झगडामा ज्वाइँले सासुको नाक चपाएका थिए भने चक्कुले कानको एक भाग काटिदिएका थिए । घाइते महिलालाई तुरन्त अस्पताल लागिएको र उनलाई प्लास्टिक सर्जरीको लागि नोएडा भन्ने शहरको ठुलो अस्पतालमा रेफर गरिएको बताइन्छ ।

ससुराले ज्वाईंलगायत अन्य छ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

पिलिभित शहरमा बस्ने एउटा मुस्लिम दम्पत्तिले आफ्नी छोरीको विवाह कैंट थाना अन्तर्गत पर्ने एउटा गाउँमा गरेका थिए ।

उनकी छोरीले डेढ महिना अगाडि बच्चा पाएको र आउने ३१ अगस्टमा छोरी ज्वाइँको विवाहको वार्षिकोत्सव भएकाले छोरी-ज्वाइँलाई भेट्न ती दम्पत्ति आएका थिए ।

यसै क्रममा उनीहरूले केही दिनका लागि छोरी र नातिलाई आफ्नो घर लैजाने कुरा गरेपछि झगडा सुरु भएको र त्यसै क्रममा ज्वाईं  र उनको परिवारका अन्य व्यक्तिहरूले आक्रमण गरेको ससुराले बताएका छन् ।

झगडाकै क्रममा ज्वाइँले सासुको नाक चपाएको र दायाँ कानको एउटा भाग चक्कुले काटिदिएको ससुराको बयानमा उल्लेख छ ।

झगडाको क्रममा ससुरालाई पनि निकै कुटिएको र उनीमाथि बन्दुक तेर्स्याइएको आरोप ती युवकमाथि लागेको छ । छिमेकीहरूले प्रहरीलाई सूचना दिएपछि मात्र स्थिति नियन्त्रणमा आएको बताइन्छ ।

आरोपित युवकले आफ्नी सासुले आफू र आफ्नी श्रीमतीका हरेक कुरामा हस्तक्षेप गर्ने गरेकाले आफू आक्रोशित भएको बताएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्