मन्त्रिपरिषद् बैठकमा सिंगापुरबाट सहभागी भए प्रधानमन्त्री ओली

काठमाडौंः  उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सिंहरवारमा भएको मन्त्रिपरिषद् बैठकमा भिडयो कन्फ्रेन्समार्फत सहभागी भएका छन् ।

उनी सिंगापुर जानु अघि संशोधन गरिएको कार्यविधिमा भिडियो कन्फ्रेन्सबाट पनि मन्त्रिपरिषद् बैठक बस्न सकिने व्यवस्था गरिएको थियो ।

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन, ‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद १ प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’

कमेन्ट गर्नुहोस्