अदालतमा बयान दिँदा बेहोस भएका अभियुक्तको मृत्यु

धरानः  लागूऔषधसहित पक्राउ परेर अदालतमा बयान दिइरहेका बेला बेहोस भएर ढलेका धरान–२ का बनवरीलाल शर्माको उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ ।

शर्मालाई गत १ भदौमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरि लागूऔषध कारोवारमा मुद्दा चलाएको थियो । आइतबार जिल्ला अदालत सुनसरीमा बयानको क्रममा उनी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा हुँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार शर्माको उपचारकै क्रममा राति मृत्यु भएको हो ।

५६ वर्षीय शर्मा को २च २०२१ नम्बरको कारमा २८ बोलत डाइलेक्स नामको लागूऔषधसहित पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्