रवि लामिछानेको सम्पत्ति अनुन्धान हुँदै, बैंक खाता खोज्न नेपाल प्रहरीद्वारा राष्ट्र बैंकलाई पत्राचार

काठमाडौं । नेपाल प्रहरीले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेको बैंक विवरणको खोजी शुरु गरेको छ ।

प्राप्त जानकारी अनुसार, प्रहरीले लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको हो ।

चितवन प्रहरीले हिरासतमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुको बैंक खातासम्बन्धी विवरण खोज्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

याे पनि पढ्नुस  शालिकराम पुडासैनी आत्महत्याः दुनियाँलाई रमिता, बा-आमालाई झन् पीडा

अनुसन्धानकै आधारमा तयार भएको अभियोग पत्रमा सरकारी वकिलका तर्फबाट मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा राष्ट्र बैंकलाई पत्र पठाएको विवरण उल्लेख भएपछि यो विषय सार्वजनिक भएको हो ।

शालिकराम पुडासैनीले रवि लामिछानेलगायतले करोडौं रकम असुलेको आरोप लगाएका थिए । रविले ठूला ब्यापारी र तस्करसँग रकम असुलेको र आफूलाई थोरै रकम दिएको उनको आरो थियो ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

नेपालखबरले केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीलाई उद्दृत गर्दै मृतकले भिडियोमा बोलेको विवरणको सत्यता जाँच्न राष्ट्र बैंकलाई पत्र लेखेको र विवरण उपलब्ध भएपछि चितवन प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा शालिकरामले बोक्ने सामसुङ जे सिक्स मोबाइल खरिद गरेदेखि साउन २० सम्म गरि ६४ गिगा बाइट ९जिबी० डाटा समेत प्रमाणमा रुपमा पेश गरेको छ। शालिकरामले विभिन्न समयमा मेटाएका भिडियो र फोटो समेत रिकोभर भएका छन्।

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

प्रहरीले राष्ट्र बैंकले विवरण उपलब्ध गराएपछि शालिकरामले भनेअनुसार रविको खातामा स्रोत नखुलेको रकम भेटिए सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागलाई समेत कारवाहीका लागि पत्र लेख्ने तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्