थुनछेक बहस सकियाे, साँझ ६ बजेसम्म फैसला आउने

चितवनः  शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आज चलेकाे थुनछेक बहस सकिएकाे छ ।

चितवन जिल्ला अदालतमा  शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ को बयानपछि शुरु भएकाे थुनछेक बहस सकिएको हाे।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका छन् । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन् । अधिवक्ता कृष्ण पोखरेलले बहस सकिएको र फैसला आज साँझ ६ बजेसम्म आउने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्