बिहेकाे प्रलाेभन दिएर बलात्कार, रुकुमका तेज बुढा पक्राउ

रुकुम । विवाहकाे प्रलाेभन देखाई १९ वर्षकी युवतीमाथि जबर्जस्ती करणी गरेको आराेपमा एक युवा पक्राउ परेका छन् । रुकुम पश्चिम चौरजहारी खहरेका २५ वर्षीय तेज बुढा  पक्राउ परे हुन् ।

उनले रोल्पा परिवर्तन गाउँपालिकाकी १९ वर्षीया एक किशोरीलाई विवाहकाे प्राेभन देखाएर मुसीकोटकाे बागबजारमा रहेको आफ्नै कोठामा लगेर बलात्कार गरेका थिए । युवतीकाे लिखित जाहेरीका आधारमा प्रहरिले पक्राउ गरेकाे हाे ।

याे पनि पढ्नुस  बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका गौतम पक्राउ

बुढाले फेसबुकबाट परिचय गरी भाद्र ५ गते विवाह गर्छु भन्दै कोठामा लगेको र सोही रात बलात्कार गरेको तथा ललाई फकाई २ दिन सम्म कोठामा राखेको जाहेरीमा उल्लेख छ । ७ भदौमा आफुलाई कोठा बाहिरबाट ढोका बन्द गरी भागेपछि किशोरीले ८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन ।

याे पनि पढ्नुस  सुनसरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर बलात्कार

 

कमेन्ट गर्नुहोस्