चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छः ट्रम्प

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन् ।

फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले पत्रकारसँग भने, ‘गएराति चीनबाट फोन आयो, र उनीहरुको भनाई वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं ।’

याे पनि पढ्नुस  मोदीको दावी झूठो निस्कियो, कश्मिर मुद्दामा फेरी मध्यस्थताको प्रस्ताव राखे ट्रम्पले

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए । संयुक्तराज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ ।
तर, अमेरिकी गठबन्धनका मुलुकहरुले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन् ।

याे पनि पढ्नुस  मोदीको दावी झूठो निस्कियो, कश्मिर मुद्दामा फेरी मध्यस्थताको प्रस्ताव राखे ट्रम्पले

दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ ।

कमेन्ट गर्नुहोस्