रवि लामिछाने ५ लाख धरौटीमा रिहा

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन् ।

उनीसँग युवराज कँडेल ३ लाख र अस्मिता कार्की शुद्ध तारिकमा छुटेका छन् ।

चितवन जिल्ला अदालतमा आज भएकाे थुनछेक बहसपछि लामिछाेनेलाइ रिहा गर्न अदालतले अादेश दिएकाे हाे ।

याे पनि- होटल सञ्चालकले दिए यस्तो बयान

लामिछानेलाई गत साउन ३० मा चितवन जिल्ला प्रहरिले शालिकराम पसडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

प्रहरिले १० दिन हिरासतमा लिई बयान र अनुसन्धानपछि आइतबार तीनै जनालाई आत्महत्या दुरुत्साहन आरोपमा अभियोग पत्रसहित अदालतमा पेश गरेको थियो ।

रवि लामिछानेले अब अदालती कार्वाहिमार्फत आफ्नो पक्ष राख्ने छन् ।

कमेन्ट गर्नुहोस्