रविमाथिको अभियोग प्रमाणित हुने मनासिब आधार– अदालत, अस्मिता बिना धरौटी रिहा

काठमाडौंः पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका रवि लामिछाने तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार भन्ने मनासिब आधार देखिएकाले दफा ६८ को व्यवस्था अनुसार उनलाइ पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटिमा छोड्न अदालतले आदेश गरेको छ ।

रूकु कार्कीको हकमा त्यस्तो मनासिब आधार नदेखिएकाले साधारण तारेखमा छोड्ने आदेश भएको छ ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले कार्कीलाई बिना धरौटीमा छाड्ने आदेश दिएको हो। कार्की शालिकरामकी प्रेमिका हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुलुकी फौजदारी संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो।

मुद्दा दायर गरिएसँगै आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो फैसला गरेको हो।

कमेन्ट गर्नुहोस्