आत्महत्या दुरुत्साहन आरोपमा प्रेमी जेल चलान

महेन्द्रनगरः  प्रेमीकालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा बाजुराको बुढीगंगा नगरपालिका–२ का गणेश थापालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

भीमदत्त नगरपालिका–६ महेन्द्रनगर बसपार्ककी लक्ष्मी बुढाले २६ चैत्र ०७५ घरमै विष सेवन गरेर आत्महत्या गरेकी थिइन् । छोरीले आत्महत्या गरेपछि लक्ष्मीका बाबु मानबहादुर बुढाले उनका प्रेमी थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए ।

याे पनि पढ्नुस  मध्यरातमा परपुरुषसँगको सम्बन्ध आमाजूले देखिपछि आत्महत्या

जिल्ला न्यायाधीश शिवलाल पाण्डेको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्