रवि लामिछानेलाई विदेश नजान अदालतकाे आदेश, यस्ता छन् धराैटीमा रिहाईका शर्त

चितवन । शालिकराम पुडासैनीकाे अात्महत्या प्रकरणमा धराैटीमा छुटेका अभियुक्त रवि लामिछानेलाई अदालतले सशसर्त रिहाई गरेकाे छ ।

रविका समर्थकहरुले रवि लामिछानेकाे रिहाईलाई उत्सवका रुपमा लिंदै खुहियालि मनाएपनि उनले निकै लामाे कानुनी लडाई लड्नुपर्ने भएकाे छ ।

चितवन जिल्ला अदालतमा अाज भएकाे थुनछेक बहसपछि विभिन्न शर्तसहित पाँच लाख धराैटिमा रवि रिहाई भएका हुन ।

अभियाेग प्रमाणित हुने मनासिब अाधार देखिएकाे भन्दै अदालतले लामिछाने र कँडेललाई धराैटीमा तथा अस्मिता कार्कीलाई साधारण तारेखमा रिहाईकाे अादेश दिएकाे हाे ।

रवि लामिछानेलाई भने अदालतले चाहेकाे बखत उपस्थित हुनुपर्ने, हिरासतमा रहेका बेलाकाे कुनै पनि कुरा कार्यक्रममार्फत सार्वजनिक गर्न नपाईने, पुडासैनी अात्महत्या प्रकरणमा कार्यक्रम चलाउन नपाईने लगायतका निर्देशनात्मक अादेश अदालतले दिएकाे छ ।

अाजकाे फैसलापछि अब अदालतले दिएकाे तारिखमा रवि पक्षले अदालतमा बहस गर्नेछ । हेर्नुस्– केके छन् आजको आदेशमा दिइएका निर्देशन?

कमेन्ट गर्नुहोस्