पुडासैनी आत्महत्या प्रकरणः के छ अदालतको आदेशमा? (पूर्ण पाठसहित)

काठमाडौंः  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ।

मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ।

यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले यसलाई मृत्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डाइङ डिक्लरेसन’ पनि भन्न नमिल्ने अवस्था भएको आदेशमा उल्लेख छ।

अनुसन्धानमा प्रहरीले रेकर्ड गरिएको उक्त भिडियोबाहेक प्रमाणका रुपमा अरु केही पेश गर्न नसकेको र भिडियोलाई ‘डाइङ डिक्लरेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा उल्लेख गरेका छन्।

भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ।

 

 

कमेन्ट गर्नुहोस्