रविकाे अर्काे पेशी असाेज ५ गते, प्राविधिकलाई पनि बकपत्रका लागि बाेलाइयाे

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्।
उनीहरुलाई शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको चितवन अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको थियो ।

रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थियो ।

अदालतकाे फैसलामा फरेन्सिक ल्याबका प्राविधिकलाई समेत बकपत्रका लागि बाेलाउन अादेश दिईएकाे छ ।

कमेन्ट गर्नुहोस्