रवि लामिछानेद्वारा राजनीतिमा प्रवेश गर्ने घोषणा

चितवन, शालिकराम पुडासैनी प्रकरणमा धरौटी बुझाएर रिहा भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने बताएका छन् ।

मिडियाबाट परिवर्तन गर्न नसके राजनीतिमा पनि प्रवेश गर्ने उनको आशय थियो ।

आज बिहान आयोजना गरिएको पत्रकार भेटघाटमा सोधिएको एक प्रश्नमा रविले राजनीतिमा आउन सक्ने बताए ।

जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई कसरी लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले संकेत देखाएका हुन् । उनले राजनीतीमा जानका लागि आफुले अहिले चुकुल लगाएको तर ताला भने नलागएको बताएका छन् । उनले अहिले तत्काल राजनीतिमा आउँने भन्दा पनि अहिले भएका नेताहरु र पार्टीलाई इमान्दार बनाउने काम गर्ने पक्षमा आफु भएको बताए ।

याे पनि पढ्नुस  रवि र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

उनले जनताको भोट लिएर आएका नेताहरुले आफ्नो धरातल बिर्सन नहुने भन्दै आफुले सञ्चारक्षेत्रबाट त्यो काम गर्ने बताएका छन् । आफु अब अझ थप बलियो भएर आउँने उनले बताएका छन् । उनले आफुले पैसाका लागि यो पेशामा नआएको भन्दै जसले पैसा खाएको आरोप लगाएका छन् उनीहरुलाई आरोप प्रमाणित गर्न उनले माग गरेका छन् ।

याे पनि पढ्नुस  रवि लामिछानेलाई अदालतले दियो यस्तो आदेश

आजको दिनमा आफु सत्य, तथ्य र निष्पक्ष बाटोमा भएको भन्दै कसैसँग व्यक्तिगत रिसीबी नभएको जिकिर गरेका छन् । आफुले प्रदर्शनका क्रममा हिरासतमा भएका व्यक्तिहरुलाई भेट गरेको उनले जानकारी दिएका छन् । कार्यक्रममा सिधा कुरा जनतासँगका उत्पादक दिपक बोहरा र अर्का पत्रकार युवराज कँडेल लगायतको उपस्थित रहेको थियो । आज नै २ बजे रविले नारायणी किनारमा धन्यवाद सभा गर्ने जानकारी दिइएको छ ।

याे पनि पढ्नुस  रविविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै

कमेन्ट गर्नुहोस्