पुडासैनीले प्रेमिका भेटन भाडामा लिएको घरका बृद्धको हृदयघातबाट निधन

काठमाडौंः  शालिकराम पुडासैनी आत्महत्या प्रकरणले राजधानीको टोखामा एकजना वृद्धले ‘हृदयघात’बाट ज्यान गुमाउन परेको छ ।

चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ अधिकारीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

याे पनि पढ्नुस  पुडासैनीको भिडियोबारे रविले दिए प्रतिक्रिया– शालिकरामलाई ठूलो भ्रम परेछ

लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय अधिकारीलाई हृदयघात भएको परिवारजनले बताएका छन् । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।

९० वर्षको उमेरमा पनि स्वस्थ रहेका अधिकारी तारन्तार खानतलासीका लागि प्रहरी घरमा आउन थालेयता तनाबमा परेका पारिवारिक श्रोतले बताएको छ ।

याे पनि पढ्नुस  आज रवि र युवराजको बयान हुँदै, थुनछेक बहस हुने सम्भावना कम

पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा बहालमा लिएका थिए । घरधनीका अनुसार प्राय जसो शनिबारका दिन प्रेमिका लिएर पुडासैनी उक्त कोठामा पुग्ने गरेका थिए । देश सञ्चारबाट

कमेन्ट गर्नुहोस्