श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौंः एसीसी यू–१९ एसिया कप खेल्नु अघि पहिलो अभ्यास खेलमा नेपाली युवा टोलीले श्रीलंकाको एसएससी यू–२३ सँग खेल खेल्दै छ ।

पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । वर्षाको कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेल ४२ ओभरमा झारिएको छ ।

याे पनि पढ्नुस  राशिद खानले लिए २ विकेट, श्रीलंकालाई तेस्रो झड्का

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्