कैलालीमा भेटिए अर्को बमजन, १०८ दिनदेखि तपस्यामा

धनगढीः  कैलालीका एक जना युवक एक सय ८ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै एक सय ८ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्।

गत वैशाख २८ गते देखि गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवनमा आफूलाई सत्यम् नामले चिनाउँदै मिजार तपस्यामा बसेका हुन्।

पूर्व पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ६ को बनबेहेडादेखि झण्डै ३ किलोमिटर भित्र पर्ने बाह्रवनमा तपस्या गरिरहेका उनलाई घर फर्काएर लगेका थिए तर फेरी फर्किएर तपस्यामै बसेका हुन्।

पहेँलो वस्त्रको पहिरनमा रहेका युवकले अन्न नखाएर भगवान गौतम बुद्धको ध्यान गर्दै आएको बताइएको छ।

उनले आफूले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने र सोही अनुसार काम गर्ने बताउने गरेको परिवारका सदस्यहरु बताँउदछन्। यसअघि काठमाडौंमा बाइबलको अध्ययन समेत गरेका विलियमले वाइबलको अध्ययन छोडी लुम्बिनि ध्यान गरेर फर्किएको उनका आफन्तले बताएका छन्।

त्यँहाका स्थानियका अनुसार सुरुको ५ दिनसम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफूल खाने गरेको भएपनि १०८ दिन पुगिसक्दा पनि अन्नलाईसमेत छोएका छैनन्।

सुरुमा लुम्बिनिबाट नै भगवान् गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याएर जंगलभित्र आफ्नो केही भागलाई गोलघेर बनाई भगवान गौतम बुद्धको मुर्ति त्यहाँ राखेर उनी तपस्यामा बसेका थिए। दिनेश खबरबाट

कमेन्ट गर्नुहोस्