Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यौन शोषणका आरोपी डोनाल्ड ट्रम्पका अर्बपति साथीद्वारा जेलभित्रै आत्महत्या

न्यूयोर्कः अमेरिकाको एक जेलमा एकजना ६६ वर्षीय अर्बपतिले आत्महत्या गरेका छन् ।

अमेरिकी फाइनन्स जेफ्री एपस्टिनले आत्महत्या गरेको अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्कस्थित निकै उच्च सुरक्षा भएको एउटा जेलमा कैद एपस्टिनमाथि १४ वर्षीय किशोरीलगायत महिलाहरुको तस्करी गरेको अभियोग छ ।

न्यूयोर्कका मुख्य चिकित्सा अधिकारी बार्बरा स्याम्पसनका अनुसार, पोष्टमार्टम रिपोर्टमा एपष्टिनले फाँसी लगाएर आत्महत्या गरेको उल्लेख छ ।

फाँसी लगाउन एपष्टिनले आफ्नो तन्ना प्रयोग गरेको जनाइएको छ ।

एपष्टिन कुनै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी समेत थिए । एपष्टिनमाथि वर्ष २००२ देखि २००५ सम्म म्यानहट्टन र फ्लोरिडामा रहेका आफ्नो घरमा कैयन महिला तथा किशोरीमाथि यौन शोषण गरेको आरोप लागेको थियो ।

एफबिआईको न्याय विभागले यसको थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: