श्रीलंकाविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौंः एसीसी यू–१९ एसिया कप खेल्नु अघि श्रीलंकाको एसएससी यू–२३ सँगको पहिलो अभ्यास खेलमा नेपाली युवा टोलीले १०० रन पूरा गरेकाे छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको छ ।

यो अवस्थामा पुर्याउन नेपालका लागि रोहित पौडेलले ८, लोकेश बमले १, रित गौतमले ३१, पवन सराफले ३१ रन बनाए । अहिले क्रिजमा आशिफ शेख र सन्दीप जोरा छन् ।

वर्षाको कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेल ४२ ओभरमा झारिएको छ ।

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्