हृत्तिक र टाइगर अभिनित ‘वार’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौंः बलिउड अभिनेता हृत्तिक रोशन र टाइगर श्राफको नयाँ चलचित्र ‘वार’ को ट्रेलर सार्वजनिक भएको छ ।

कुल २ मिनेट २५ सेकेन्डको ट्रेलरमा एक्सन भरपूर छ । ट्रेलरमा हृत्तिकलाई खोज्न टाइगरलाई पठाइएको देखाइएको छ ।

भेट भएपछि दुईजनाबीच वार भएको देखाइएको छ । वारमा खतरनाक स्टन्ट र एक्सन सीन, फाइट सिक्वेन्स र टाइगर र हृत्तिकबीचको फेसअफ देख्न पाइन्छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म अक्टोबर महिनाको २ तारिखमा रिलिज हुँदैछ ।

याे पनि पढ्नुस  ‘वार’को आक्रामक व्यापार, एक हप्तामै कमायो २ सय करोड भारु

कमेन्ट गर्नुहोस्