श्रीलंकाविरुद्ध आशिफ शेखको अर्धशतक पूरा

काठमाडौंः  एसीसी यू–१९ एसिया कप खेल्नु अघि श्रीलंकाको एसएससी यू–२३ सँगको पहिलो अभ्यास खेलमा नेपाली युवा टोलीका आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ३५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ३७ ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको छ ।

याे पनि पढ्नुस  श्रीलंका विरुद्धकाे तेस्रो खेलमा पनि नेपालले टस जित्यो

टस हारेर ब्याटिङको मौका पाएको नेपालका लागि सन्दीप जोराले ३३, रोहित पौडेलले ८, लोकेश बमले १, रित गौतमले ३१, पवन सराफले ३१ रन बनाए । अहिले क्रिजमा आशिफ शेख र सन्दीप जोरा छन् ।

वर्षाको कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेल ४२ ओभरमा झारिएको छ ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपालद्वारा श्रीलंकालाई १६० रनको लक्ष्य

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्