अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट गर्दै सुगम, तृष्णा र वर्षा

काठमाडौंः अनाथ बालबालिकाको सहयोगका लागि युरोपमा गरिने कन्सर्टमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुने भएका छन् ।

सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ गर्ने नेपाली साङ्गीतिक कार्यक्रममा उनीहरू सहभागी हुने बताइएको छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

असहाय बालबालिकाहरूको शिक्षा दिक्षामा सहयोग गरी सक्षम नागरिक बनाउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्