Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालद्वारा श्रीलंकालाई २४१ रनको लक्ष्य, आशिफको उत्कृष्ट प्रदर्शन

काठमाडौंः  एसीसी यू–१९ एसिया कप खेल्नु अघि श्रीलंकाको एसएससी यू–२३ सँगको पहिलो अभ्यास खेलमा नेपाली युवा टोलीले २४१ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रन बनायो ।

नेपालका लागि आशिफ शेखले ८८, सन्दीप जोराले ३३, रोहित पौडेलले ८, लोकेश बमले १, रित गौतमले ३१ र पवन सराफले ३० रन बनाए । यस्तै हरि चौहान १८ र भिम सार्की १५ रनमा नट आउट रहे ।

वर्षाको कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेल ४२ ओभरमा झारिएको हो ।

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: