सोमबारसम्म रवि लामिछानेका ४८ समर्थक रिहा

चितवनः टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकालाई आज छाडिएको छ। सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो।

याे पनि पढ्नुस  चितवन नागरिक समाजकाे अपील– रविमाथि अनुसन्धान स्वभाविक, अनुसन्धान प्रभावित गर्नु गलत

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताए। यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताए।

याे पनि पढ्नुस  धन्यवाद सभामा रविले भने, ‘मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’

सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो। उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ।

कमेन्ट गर्नुहोस्