२११ रुपैयाँको ‘लट्री टिकट’ मा झण्डै ५१ करोडको चिट्ठा !

काठमाडौं । क्यानाडाकी एक महिलालाई २११ रुपैयाँको लट्री टिकटमा लगभग ५० करोड ८० लाख चिट्ठा परेको छ ।

क्यानाडाको ह्यालीफ्लेक्समा बस्ने ४२ वर्षीय महिला विकी मिशेलले केही दिन अगाडि डेढ पाउण्डको लट्री टिकट किनेकी थिइन् । उनलाई त्यसमा ३६लाख पाउण्डको चिट्ठा परेको हो ।

मिशेलले उक्त रकम तीस वर्षसम्म प्रत्येक महिना १४ लाख ३० हजार रुपियाँका दल भुक्तानी पाउनेछिन् ।
सधैँ चिट्ठा किन्ने गरेकी मिशेलको खातामा उक्त चिट्ठा किन्ने बेलामा जम्मा डेढ पाउण्ड बाँकी थियो ।

चिट्ठा परेपछि मिशेलको प्रतिक्रिया थियो, “हामीले आजसम्म साधारण घरमा जीवन व्यतीत गऱ्यौं । अब राम्रो घरमा सर्ने योजना छ।”

एउटा लेखापालन फर्ममा लेखम सहायकको रूपमा कार्यरत मिशेल भन्छिन्, “सामान्य मानिसले यस्तो होला भन्ने सोचेकै हुँदैन । जब यस्तो हुन्छ यसले जीवनमैं बदलाव ल्याइदिन्छ ।”

मिशेलले आफूले अक्सर लट्री टिकट किन्ने गरेको बताइन् । उनले केही दिनअघि १० पाउण्ड जितेको र त्यो पुरै रकम विभिन्न चिट्ठा किन्नमा खर्च गरेको बताइन् ।

उनले खरिद गरेका टिकटबाट उनले पाँच पाउण्ड मात्र जितेकी थिइन । उनल त्यो रकम पनि टिकट खरिदकै लागि प्रयोग गरेको बताइन् ।

उनल भनिन्, “गएको सोमवार मेरो खतामा डेढ पाउण्ड मात्र बाँकी थियो, त्यसैबाट किनेको टिकटमा मलाई यो चिट्ठा परेको हो ।”

चिट्ठा खुलेको दिन उनी छोरो काममा गयो कि गएन भन्ने हेर्न चाँडै उठेकी थिइन । उनी भन्छिन, “मैले के रहेछ भनेर न्यासनल लट्रीको इमेल हेरे, अनि यो कुरा थाहा भयो ।”

“मलाई इमेल लग इन गर्न सन्देश आएको थियो ।” मिशेल भन्छिन, “सुरुमा त सानोतिनो रकम होला भन्ने लागेको थियो । तर मैले आफ्नो अनलाइन खाता खोलेर हेर्दा मलाई औनी तीस वर्षसम्म हरेक महिना १० हजार पाउण्ड पाउने गरेर चिट्ठा जितेको बताइएको थियो ।”

सुरुमा त यो कुरा कसैले पनि पत्याएन । मैले आफ्नो केटा साथी एडमलाई आफ्नो मोबाइलमा लट्रीको संदेश देखाउँदा उसले “यसपाली एक पाउण्ड जित्यौ होला भनेर जिस्काएको थियो ।

पछि मैले उसलाई इमेल देखाए पछि हामीले न्यासनल लट्रीलाई फोन गरेर बुझ्दा हो रहेछ भन्ने पक्का भयो ।

उनले भनिन्, “हामी बच्चाहरूका ससाना आवश्यकतामा पनि सम्झौता गर्दै तैका थियौं, अब मैले जागिरे गर्न त छोड्दैन तर हाम्रो जीवन भने अब निकै सहज हुने आशा भने पलाएको छ ।” एजेन्सी

कमेन्ट गर्नुहोस्