बंगलादेशविरुद्ध नेपालको २ गोलको अग्रता

काठमाडौं । भारतको कल्याणीमा भइरहेको यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले बंगलादेशविरुद्ध २ गोलको अग्रता लिएको छ ।

फाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको नेपाली टिमले कल्याणी रंगशालामा पहिलो हाफको अन्तिमतिर अग्रता लिएको हो ।

पाँच टोली सहभागि च्याम्पीयनसिपमा नेपाल तेस्रो स्थानमा छ । श्रीलंकामाथि जित निकालेको नेपाल ३ अंकसहित तेस्रो स्थानमा रहँदा घरेलु टोली भारत ६ अंकसहित शिर्षस्थान तथा बगलादेश दोस्रो स्थानमा छ ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः बंगलादेशसँग पनि नेपाल पराजित

शिर्ष २ टोली फाइनल पुग्ने भएका कारण नेपाललाई आजको खेल जित्नैपर्ने छ ।

कमेन्ट गर्नुहोस्