एम्बुलेन्स सञ्चालन सहयोगार्थ ‘काभ्रेपलान्चोक सेवा समाज’ले साँस्कृतिक कार्यक्रम गर्दै

सन्तोष क्षत्री, दोहाः जिल्लाको विकट ठाउँमा एम्बुलेन्स सञ्चालनको लागि सहयोग पुर्याउने उदेश्यले काभ्रेपलान्चोक सेवा समाज कतारले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा आगामी सेप्टेम्बर २० तारिखमा विभिन्न कलाकारको प्रस्तुतिमा कार्यक्रम गर्ने भएको हो ।

‘आत्मनिर्भर र समृद्ध काभ्रेको परिकल्पना सम्पूर्ण प्रवासी काभ्रेलीको चहाना’ भन्ने मुल नारासहित सन् २०१६ मा स्थापित संस्थाले स्थापना कालदेखि नै समाज सेवामा लागेको अध्यक्ष नारायण बिष्टले बताए । नेपाली कला र संस्कृतिको संरक्षण गर्दै एम्बुलेन्सको लागि सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए ।

अल दल्ला ड्राइभिङ स्कुल सनैयाको थिएटर हलमा हुने कार्यक्रममा गागिका श्रृजना हुमागाइँसँगै सिर्चन तामाङ, कुमार ओख्रेली, आशा राई, जंगे तामाङ लोप्चन, दिल्पु मोक्तान, मणिराज तामाङ, इन्द्र तामाङ, सुन्तु तामाङ, अस्मिता पाख्रीन तामाङ, श्री पाख्रीन तामाङ, बाबुलाल घिसिङ (आदम), सुबिसा तामाङ लगायत कलाकारको पनि प्रस्तुति रहने संस्थाका साँस्कृतिक विभाग संयोजक ज्ञानमान थिङ तामाङ (तारा)ले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्