श्रीलंकाको पहिलो विकेट पतन, पवनलाई सफलता

काठमाडौंः  एसीसी यू–१९ एसिया कप खेल्नु अघि पहिलो अभ्यास खेलमा नेपालको युवा टोलीले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको एसएससी यू–२३ टिमले पहिलो विकेट गुमाएको छ ।

उसले पहिलो विकेट २३.२ ओभरमा गुमाएको हो । नेपाललाई पहिलो सफलता पवन सराफले दिलाउन सफल भएका छन् । ताजा अवस्थामा श्रीलंकाले २४ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाएको छ ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २४० रन बनायो ।

नेपालका लागि आशिफ शेखले ८८, सन्दीप जोराले ३३, रोहित पौडेलले ८, लोकेश बमले १, रित गौतमले ३१ र पवन सराफले ३० रन बनाए । यस्तै हरि चौहान १८ र भिम सार्की १५ रनमा नट आउट रहे ।

वर्षाको कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेल ४२ ओभरमा झारिएको हो ।

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपाली टिम भदौ ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । समूह बी मा रहेको नेपालले टेस्ट राष्ट्र श्रीलंका, बंगलादेश र यूएईसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्