जित्नैपर्ने खेलमा बंगलादेशविरुद्ध नेपालको ४ गोल

काठमाडौं । भारतको कल्याणीमा भइरहेको यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले बंगलादेशविरुद्ध नेपालले ४ १ गोलको अग्रता लिएको छ ।

फाइनल पुग्न जित्नैपर्ने दबाबमा रहेको नेपाली टिमले कल्याणी रंगशालामा पहिलो हाफको अन्तिमतिर र दोस्रो हाफको ८४ र ९० मिनेटमा गोल गरेको हो ।

पाँच टोली सहभागि च्याम्पीयनसिपमा नेपाल तेस्रो स्थानमा छ । श्रीलंकामाथि जित निकालेको नेपाल ३ अंकसहित तेस्रो स्थानमा रहँदा घरेलु टोली भारत ६ अंकसहित शिर्षस्थान तथा बगलादेश दोस्रो स्थानमा छ ।

शिर्ष २ टोली फाइनल पुग्ने भएका कारण नेपाललाई आजको खेल जित्नैपर्ने छ ।

कमेन्ट गर्नुहोस्