बलियो टिम बंगलादेशविरुद्ध नेपाल ४–१ ले विजयी

काठमाडौं । भारतमा भइरहेको पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा बंगालदेशविरुद्ध नेपालले प्रभावशाली जीत हासिल गरेको छ ।

भारतको कल्याणीमा आज भएको खेलमा नेपालले बलियो टिम बंगलादेशलाई ४-१ गोल अन्तरले हराउँदै प्रतियोगितामा दोस्रो जीत निकालेको छ ।

कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले ३ गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एकएक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए ।

याे पनि पढ्नुस  बंगलादेशको सामना गर्दै नेपाल, कस्तो छ दुवै टिमबीचको विगत?

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । नेपालले शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाउने सम्भावना कायम जीवितै राखेको छ । अब नेपालले अन्तिम खेलमा बीहिबार भुटानसँग भिड्दै छ ।

राउण्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

याे पनि पढ्नुस  बंगलादेशलाई चौथो झड्का, कमललाई दोस्रो सफलता

कमेन्ट गर्नुहोस्