‘चपली हाइट–३’ मा स्वस्तिमा अनुबन्ध

काठमाडौंः नेपाली चलचित्र ‘चपली हाइट–३’ मा नायिका स्वस्तिमा खड्का अनुबन्ध भएकी छिन्। फेसबुक स्टोरीमार्फत् उनले ‘चपली हाइट–३’ मा साइन गरेको जानकारी दिएकी छन् ।

निर्माता अर्जुन कुमारले निर्माण तथा निकेश खड्काले निर्देशन गर्ने चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, प्रतिक श्रेष्ठ अमिर गौतमलगायतका कलाकार रहेका छन् ।

सस्पेन्स थ्रिलर कथामा बन्ने फिल्मको दशैंपछि छायांकन सुरु हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्