धन्यवाद सभामा रविले भने, ‘मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’

चितवनः टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफुलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सोमबार जेलबाट रिहा भएका लामिछानेले मंगलबार नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा सो चेतावनी दिएका हुन् ।

‘भ्रष्टाचारी र जनताका केही शोषकहरु विषालु सर्प बनेर मेराविरुद्ध लागिरहेका छन्,’ लामिछानेले भने, ‘देशविदेशका हजारौं समर्थकको मायाले उनीहरू आफैं खाल्डोमा पर्नेछन्।’ उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

याे पनि पढ्नुस  पुडासैनीको भिडियोबारे रविले दिए प्रतिक्रिया– शालिकरामलाई ठूलो भ्रम परेछ

साथै अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए । कार्यक्रममार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने उनले उद्घोष पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्