Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लखनऊमा ठूलो दुर्घटना, १६ जनाको मृत्यु

लखनऊ, भारतको उत्तर प्रदेशको राजधानी लखनऊ नजिक शाहजहांपुरमा भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान एउटा ट्रकले टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

टेम्पोसँग ठोक्किएपछि सवारी साधनको प्रतिक्षा गरिरहेका सर्वसाधारणमाथि ट्रक पल्टिएको थियो ।

पाँच जना घाइतेलाइ्र्र अस्पताल लगिएको छ ।

ट्रक चालक भने वेपत्ता भएको भास्कर दैनिकले जनाएको छ ।

मुख्यमन्त्री आदित्यनाथले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

प्रहरीका अनुसार, लखनऊ दिल्ली राजमार्गमा तीब्र्र गतिमा गइरहेको ट्रकले सामुन्नेबाट आइरहेको टेम्पोलाई जोगाउने क्रममा छेउमा पल्टिएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: