Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिताः ६ टीम फाईनल चरणमा

धनगढीः धनगढीमा एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा दुई दिने एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सुरु भएको हो ।

पहिलो दिन लिग चरणको प्रतियोगिता सम्पन्न भएको छ । पहिलो दिन चार टीम आउट हुँदा ६ टीम फाईनल चरणमा प्रवेश गेका छन् । सहभागी १० टीमलाई पाँच पाँच टीम हुने गरी दुई समुहमा विभाजन गरिएको थियो । दुबै समुहबाट प्रथम द्धितीय र तृतीय हुने टीम फाईनल चरणमा प्रवेश गरेका हुन् । चौथो र पाँचौ हुने टीम बाहिर भएका हुन् ।

समुह ‘ए’ बाट कैलाली वहुमुखी क्याम्पस ७५ अंक सहित पहिलो, त्रिनगर उच्च मावि ७० अंक सहित दोस्रो र एक्सीस विद्याश्रम ५५ अंकसहित तेस्रो भएर फाईनल चरण पुगेका छन् । ४५ अंक पाएको ऐश्वर्य विद्या निकेतन चौथो र २० अंक पाएको शारदा उच्च मावि भने पहिलो चरणबाट बाहिरिए । समुह ‘बी’ बाट एक सय ४५ अंक पाउँदै सुदुरपश्चिमाञ्चल एकेडेमी पहिलो भएर फाईनल चरण पुग्यो ।

यो समुहबाट ९० अंक पाउँदै नाष्ट उच्च मावि दोस्रो र ७५ अंक पाउँदै ग्यालेक्सी उच्च मावि तेस्रो भएर फाईनल चरण पुगेका छन् । समुह ‘बी’ बाट कैलाली मोडेल उच्च मावि ७० अंक सहित चौथो र ३० अंक सहित पाँचौ भएर बाहिरिएका छन् । फाईनल चरणको खेल वुधबार हुनेछ ।

धनगढीका १० वटा क्याम्पसको सहभागीता रहेको हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई नगद ३० हजार पुरस्कार दिईने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका मार्केटिङ म्यानेजर हरिकृष्ण चौधरीले जानकारी दिए । हाजिरीजवाफ प्रतियोगिताको विजेतालाई नगद १५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । उपविजेताले नगद १० हजार सहित ट्रफी मेडल र आईईएलएसमा ५० प्रतिशत छुट पाउनेछ ।

त्यसैगरी तेस्रो हुने टीमले नगद ५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा २५ प्रतिशत छुट पाउनेछ । त्यसैगरी सहभागी टीमलाई पनि आईईएलएसमा १० प्रतिशत छुटको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: